नेकपा संयुक्तसँग एकता गरेका एकीकृत समाजवादीका संयोजक घनश्याम भूसालले मुख्य नेताका कारण राजनीति झन् संकटमा गएको बताएका छन् । कार्यक्रममा उनले भने, 'कम्युनिस्ट नेतृतुव बुर्जुवा जस्तै दलाल पुँजीवादसँग लहसिन पुगेको छ। सत्ताका लागि जे पनि गर्न थाले। दलाल पुँजीवादले पार्टीमा घर बनायो। जसका कारण मुलुकलाई सही दिशा दिन सकेन ।
राजनीतिको चुलीमा बसेर स्वार्थपूर्ति गर्ने नेताका कारण राजनीति डरलाग्दो अवस्थामा जाने भूसालले भनेका छन् । कम्युनिस्ट पार्टीले बाटो देखाउन नसकेको पनि उनले बताएका छन् ।