असोज ३० गते २०८३ || October 16, 2026

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु


बिहीबार , मंसिर ११ २०८२०३:१४

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ। काठमाडौं महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएकाे हाे।

बुधबार राति भएको साेही दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकाे थियो । कार चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएका  छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend