बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्ला, उमाकुण्ड गाउँपालिका–९ स्थायी घर भई बौद्ध, काठमाडौं बस्दै आएका मिङमार शेर्पा रहेका छन् । शेर्पालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको थियो। शेर्पालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । उनीविरुद्ध अनि सिग्देलले बैंकिङ कसुरमा ३३ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका थिए ।