असोज ३० गते २०८३ || October 16, 2026

आज अन्तर्राष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस,


बिहीबार , मंसिर १८ २०८२१०:५६

आज अन्तर्राष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस,

आज अन्तर्राष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ । 

बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य  कार्यान्वयन, जलवायुअनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । 

एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसंघीय महासभाले यसै वर्षको जुनमा यो  दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend