असोज ३० गते २०८३ || October 16, 2026

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष,


बिहीबार , मंसिर १८ २०८२१०:५६

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष,

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गरेका हुन्।

विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो कटाक्ष गरेका हुन्।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेको उनको भनाइ छ। उनले एकवर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यन्वयन गर्न निर्देशन दिएका हुन्। 

उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ता चाहिँ ओली नै भएको महासचिव पोखरेलको दाबी छ। घिसिङ को नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज बिहान कटाक्ष गर्दै उज्यालो नेपालको प्रसंग उठाएका हुन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend