सल्यानको कपुरकोट गाउँपालिकामा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रोल्पाबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ८४३ नम्बरको सफारी गाडी कपुरकोट गाउँपालिका-३ स्थित नयाँरोड नजिकैको भित्री सडक खण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार दिउँसो करिब १:४० बजे रोल्पा गङ्गादेव गाउँपालिका-६ का २२ वर्षीय राम कुमार वलीले चलाएको उक्त गाडी अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।
दुर्घटनामा घाइते हुने ६ जना नै रोल्पा गङ्गादेव गाउँपालिका-४ का बासिन्दा रहेका छन् । घाइते हुनेहरूमा ४५ वर्षीय हरि बहादुर थापा, ४२ वर्षीया गीता थापा, १९ वर्षीया टिका थापा, ३० वर्षीया विमला थापा तथा विमलाका दुई छोराहरू ९ वर्षीय पवन थापा र ८ वर्षीय रावल थापा छन् ।