असोज ३० गते २०८३ || October 16, 2026

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना पूरा हुने छैन-महेश बर्तौला


बुधबार, पुस २ २०८२०३:५३

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना  पूरा हुने छैन-महेश बर्तौला

नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धा एमालेले स्विकारेको विधि भएको बताएका छन् । नेता बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरूको चाहना कहिल्यै पूरा नहुने बताए ।

“एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जान सक्ने सामथ्र्य एमालेले राख्नुपर्छ । यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी हामी यो महाधिवेशनबाट एकताबद्ध हुनेछौँ ।”

नेता बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरूको चाहना कहिल्यै पूरा नहुने बताए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend