असोज ३० गते २०८३ || October 16, 2026

फागुन २१ मा निर्वाचन हुनै पर्ने: शेखर कोइराला


शुक्रबार, पुस ४ २०८२०१:०९

फागुन २१ मा निर्वाचन  हुनै पर्ने: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनै पर्ने बताएका छन् ।

प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

"संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो"- कोइरालाले भने -"हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।"

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । "दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ -६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का स्थानिय नेताहरुसँगको भेटघाट कार्यक्रममा बोल्नुहुँदै कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend