असोज २९ गते २०८३ || October 15, 2026

आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने


सोमबार, पुस १४ २०८२०६:२१

आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने

 जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने भएको छ ।

सोमबार बयान शुरू भएको केही घण्टामा लेखकले ‘पार्टीको बैठक छ’ भनेर निस्किएका थिए । त्यसपछि नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आयोगमा पेश गरेको भनाइको लिखित कपी बाँडेका थिए ।

आयोगले उनीसँग बयान बाँकी रहेको भन्दै बुधबारदेखि त्यसलाई निरन्तरता दिने योजना बनाएको हो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend