असोज ३० गते २०८३ || October 16, 2026

वीरगन्जमा कर्फ्यु साँझ ६ बजेसम्म लम्बियो


मंगलबार, पुस २२ २०८२०३:२३

वीरगन्जमा कर्फ्यु साँझ ६ बजेसम्म लम्बियो

वीरगञ्जमा जारी कर्फ्यु साँझा ६  बजेसम्म लम्बिएको छ । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो ।  दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्‍याएको छ। 

दुई समूहबिच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले पहिलो पटक वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म त्यसपछि दिउँसो १ बजेसम्म र पछिल्लोपटक मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले मङ्गलबार दिउँसो एक सूचना जारी गर्दै पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेटलाई चारकिल्ला तोकी जारी गरिएको कर्फ्यु आदेश पछिल्लो सुरक्षा वस्तुस्थितीलाई मध्यनजर गर्दै मङ्गलबार साँझ ६ बजेसम्म निरन्तरता दिइएको जानकारी दिएका हुन् । 

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम सोही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो त्यसपछि स्थानीय प्रशासनले सोमबार बेलुकी ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो भने पहिलो पटक मङ्गलबार दिउँसो १ बजेसम्म त्यस पछि मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।  

कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला , जुलुश, प्रदर्शन , सभा , बैठक , घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख गरिएको छ। 

कर्फ्यु का बेलामा सुरक्षकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी निस्किन सुचनामा बताइएको छ । 

त्यस्तैगरी कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने बताइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend