गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ । भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका छन् । परियारले आफ्नो गाडी तोडफोड भएको बारेमा प्रहरीलाई जानकारी गराउनु भएको छ ।
चउरमा रोकेर राखेको अवस्थामा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले
बताउनु भयो । उहाँका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन् । बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो ।
गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिनु भयो ।