सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार घटनामा गोली प्रहार भएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठकको कमाण्डमा टोली खटिएको प्रजिअ पौडेलले बताउनु भयो । थप विवरण आउन बाँकी छ ।