कात्तिक १ गते २०८३ || October 17, 2026

एमसीसी पास भएपछी अमेरिकी सेनाको जहाज अचानक काठमाडौँमा


शुक्रबार, चैत ४ २०७८०८:२१

एमसीसी पास भएपछी अमेरिकी सेनाको जहाज अचानक काठमाडौँमा

काठमाडौँ - अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ ।

अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौँ आएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए।

अमेरिकी संस्था एमसीसीसँगको सम्झौता पास भए अमेरिकी सेना आउने हल्ला चल्दै आएको बेला अमेरिकी एयरफोर्स जहाज आउँदा मानिसहरुमा आशंका बढेर गएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासका लागि आवश्यक सामान र कागजात ल्याउन र फिर्ता लैजान यस्तो जहाजको उपयोग हुने गरेको जनाइएको छ । यस्तो उडानका क्रममा नेपाल उड्डयन कानुन र सुरक्षा जाँचसमेत पालना नहुने गरेको बताइन्छ । 


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # अमेरिकी सेना
  • # जहाज


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend