असोज ३० गते २०८३ || October 16, 2026

शेयर बजारमा सामान्य अंकको गिरावट, चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०३:४७

शेयर बजारमा सामान्य अंकको गिरावट, चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम तीन अर्ब रुपैयाँ नाघेको छ । आज तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज दुई वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज स्वतगंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२७.९० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३९१.७० रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ भने अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य ९. ९९ प्रतिशतले बढेर प्रतिकित्ता ५६३.७० रुपैयाँ पुगेको छ । 

 


  • सम्बन्धित विषय:

  • # शेयर बजारमा सामान्य अंकको गिरावट, चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend