असोज ३० गते २०८३ || October 16, 2026

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०७:४५

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

 काठमाण्डौँ - मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष  आव २०७९र८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७र७८ मा ३९ करोड ६७ लाख र आव २०७८र७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो । आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend