असोज ३० गते २०८३ || October 16, 2026

सुन प्रतितोला १ लाख ३१ सय


पिपल अनलाइन
बिहीबार , पुस २१ २०७९०२:३९

सुन प्रतितोला १ लाख ३१ सय

काठमाडौँ - बिहीबार सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेको महासंघले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन प्रतितोला १ लाख ३१ सय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend