असोज ३० गते २०८३ || October 16, 2026

इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०७:५१

इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

काठमाडौँ - नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् । पुरानो ऋण र इन्डियन आयल कर्पोरेसन आइओसीलाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगोमा इन्धन प्रयोग गर्न बाध्य छन् ।

निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा ९९ रुपैयाँ ५३ पैसा र आन्तरिकतर्फ ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर बिक्री गरिरहेको छ । त्यसै गरी निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६६ पैसा र डिजेलमा ७ रुपैयाँ १८ पैसा नाफा छ । उपभोक्ताको ढाड सेक्ने गरी धेरै नाफा राखेर निगमले इन्धन बिक्री गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । ुनिगमले विगतको ऋण देखाएर अहिले सस्तोमा इन्धन खरिद गर्दा पनि महँगोमा बिक्री गरिरहेको छ,ु उनले भने, ुतुरुन्त मूल्य घटाउनुपर्छ ।ु निगमलाई १५ दिनमा करिब ९९ करोड रुपैयाँ नाफा भएको छ । निगमले पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend