कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, तोलाको कति ? 


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९११:४३

सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, तोलाको कति ? 

 काठमाण्डौँ - सुनको भाउ आज फेरि बढेको छ । अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, तोलाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend