असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको घट्यो, तोलाको कति ? 


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९१२:०४

सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको घट्यो, तोलाको कति ? 

 काठमाडौँ - नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख तीन हजार नौ सय रुपैयाँ तोकिएको छ । उक्त सुन बिहीबार प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय पुगेको छ। अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला आज पाँच रुपैयाँले घटेर एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको घट्यो, तोलाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend