असोज ३० गते २०८३ || October 16, 2026

बढ्यो घरजग्गाको कारोबार, एक अर्बले बढ्यो सरकारको राजस्व


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०३:१७

बढ्यो घरजग्गाको कारोबार, एक अर्बले बढ्यो सरकारको राजस्व

काठमाडौँ - मंसिर महिनाको तुलनामा पुस महिनामा घरजग्गाको कारोबार बढेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुस महिनामा ३८ हजार ८७१ वटा घरजग्गाको लिखत पास भएको छ । मंसिर महिनामा २९ हजार १८४ वटा लिखत पास भएको थियो ।

घरजग्गा कारोबार बढेसँगै सरकारले पाउने राजस्व समेत बढेको छ । पुस महिनामा मात्र सरकारले तीन अर्ब ७१ करोड रूपैयाँ घरजग्गाको कारोबारबाट राजस्व संकलन गरेको छ । मंसिर महिनामा दुई अर्ब ६४ करोड रूपैयाँ राजस्व संकलन भएको थियो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न रोकिएको तथा स्थानीय तहले कित्ताकाट खुलाउँदै गएकोले पुस महिनामा घरजग्गा कारोबार बढेको हो ।


  • सम्बन्धित विषय:

  • # बढ्यो घरजग्गाको कारोबार, एक अर्बले बढ्यो सरकारको राजस्व
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend