असोज २९ गते २०८३ || October 15, 2026

फिल्म 'लाखे' को लागि अडिसन खुल्ला


पिपल अनलाइन
सोमबार, मंसिर २० २०७८०५:५३

फिल्म 'लाखे' को लागि अडिसन खुल्ला
कोरोना कहरपछि सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको ठूलो बजेटको फिल्म लाखे

काठमाण्डौ - ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'लाखे' को लागि अडिसन खुल्ला गरिएको छ ।

कोरोना कहरपछि सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको ठूलो बजेटको फिल्म लाखेमा सौगात मल्ल, अनुपबिक्रम शाही, अर्यान अधिकारी, सुनिल थापा, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगाएतका केहि कलाकारको टुङ्गो लागेको निर्माता हरि मल्ल ठकुरीले हामीलाई जानाकारी गराए। 

फिल्ममा मुख्य नायिका १८-२४ उमेरको १ जना ,  ८/१० वर्षको एक जना बाल कलाकार,  १७ - २४ वर्षको एक जना महिला कलाकार र २६ - ५० वर्षको पुरुष सहायक कलाकार पुरुष १० जना आवाश्यक रहेको निर्देशक सम्राट वस्नेतले वताए। 

सिजन अर्याल, हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहेको फिल्मको सुटिंग छिटै सुरु हुने निर्माण युनिट बताउछ। फिल्म पुष १० गतेदेखि सुटिङ्गमा जाने वताईएको छ। 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend