असोज २९ गते २०८३ || October 15, 2026

‘डिसेम्बर फल्स’ नचले पनि सिक्वेल निर्माण घोषणा, उपासना पक्का


पिपल अनलाइन
शनिबार, माघ १४ २०७९०२:१४

‘डिसेम्बर फल्स’ नचले पनि सिक्वेल निर्माण घोषणा, उपासना पक्का

काठमाण्डौँ - गत पुष १५ गते प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ले बक्सअफिसमा अपेक्षाकृत नतिजा ल्याउन सकेन । यस वर्षको फ्लप सूचिमा दरिएको फिल्मको अब सिक्वेल भन्ने भएको छ । हुन त फिल्मलाई सिक्वेलको रुपमा अगाडि बढाउने गरी नै टुंग्याइएको थियो । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले ‘डिसेम्बर फल्स २’को औपचारिक रुपमा निर्माण घोषणा गरेको हो ।

‘पार्ट टू’को घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी फिचर छिन् । अघिल्लो पार्टमा पनि उनको मुख्य भूमिका थियो । सिक्वेलमा उनीसँगै अभिनेता आर्यन सिग्देलको पनि अभिनय रहनेछ । निर्देशक भने परिवर्तन भएका छन् । अघिल्लो पार्टलाई नेपाली मुलका भारतीय निर्देशक प्रविण झाले निर्देशन गरेकोमा अब लक्ष्मण रिजालले क्याप्टेनसिप सम्हाल्नेछन् ।


  • सम्बन्धित विषय:

  • # ‘डिसेम्बर फल्स’ नचले पनि सिक्वेल निर्माण घोषणा, उपासना पक्का
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend