काठमाडौं - सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबारको प्रेस बिफ्रिमा प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएको हो।
उनले भनिन,“प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध छ।” स्वास्थ्यकर्मीले पनि मतदान गर्नुपर्ने भएकोले सो दिन नियमित खोप केन्द्र, खोप अभियान संचालन नहुने डा. मिश्राले जानकारी दिए।
सबै मतदातलाई भयरहित भएर जनस्वास्थ्यका मापदण्ड अपनाउँदै आफ्नो मतअधिकारको प्रयोग गर्न डा. मिश्राको आग्रह छ।