कात्तिक १ गते २०८३ || October 17, 2026

आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुने


आइतबार, माघ २९ २०७९०७:१२

आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुने

 काठमाडौँ - नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।  शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिदादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो । 

 ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न २८ गते बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयअनुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ’ विज्ञप्तिमा भनिएको छ । 


  • सम्बन्धित विषय:

  • # आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend