कात्तिक १ गते २०८३ || October 17, 2026

अमेरिकाद्वारा मकवानपुरमा पुनर्निर्मित स्वास्थ्य चौकी उद्घाटन


मंगलबार, जेठ ३ २०७९०१:५१

अमेरिकाद्वारा मकवानपुरमा पुनर्निर्मित स्वास्थ्य चौकी उद्घाटन

काठमाडौं - नेपालका लागि अमेरिकी राजदूत  र्‍यान्डी डब्ल्यु बेरीले मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ ।  नेपालका लागि अमेरिकी राजदूत बेरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्साडले सोमबार मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको हो ।

वि.सं. २०७२ सालको महाभूकम्पबाट प्रभावित जिल्लाहरूमा २९ वटा स्थायी विद्यालय र सात वटा स्वास्थ्य सेवा संरचनाहरूको पुनर्निर्माणमा अमेरिकी सरकारले युएसएआईडीमार्फत नेपाल पुनर्निर्माण प्राधिकरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको हो । 

यो कार्यक्रमसँगै काठमाडौं उपत्यकाबाहिर युएसएआईडीद्वारा गरिएको भूकम्पपछिको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । ‘‘सबैभन्दा बढी अभावमा रहेका नेपाली जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँचलाई अमेरिकी सरकारले प्राथमिकतामा कायम राखेको छ ।,’’ उक्त कार्यक्रममा बोल्दै राजदूत बेरीले भन्नुभयो, ‘‘यसै प्रतिबद्धताको एक हिस्सा स्वरूप मकवानपुरका सर्वाधिक विकट क्षेत्रमध्ये एकमा यस स्वास्थ्य चौकीको निर्माण गर्न हामीले नेपाल सरकारसँग साझेदारी ग-यौँ । जसले सबैभन्दा विपन्न समुदायहरूमध्ये एकलाई फाइदा पुर्‍याउनेछ । यसले चिरस्थायी मित्रता र अझ सुरक्षित नेपालको पुनर्निर्माणमा मद्दत गर्न अमेरिकी जनताको निरन्तर सहयोग दर्साउँछ ।’’

महाभूकम्पपश्चात्को प्रतिकार्य तथा पुनर्लाभमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ ।

gorkhapatraonline.com 


  • सम्बन्धित विषय:

  • # स्वास्थ्य चौकी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend