असोज २९ गते २०८३ || October 15, 2026

एक हजार २६ करोड संकलनसहित पठान कीर्तिमानीमा


आइतबार, फागुन २१ २०७९०३:३७

एक हजार २६ करोड संकलनसहित पठान कीर्तिमानीमा

काठमाडौं। शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ। गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली-२ र केएफजी-२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो। सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ। दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानकाे किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन्।


  • सम्बन्धित विषय:

  • # एक हजार २६ करोड संकलनसहित पठान कीर्तिमानीमा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend