असोज २९ गते २०८३ || October 15, 2026

प्रति तोला ६ सयले सुनको मुल्यमा बृदि


सोमबार, फागुन २९ २०७९०२:०४

प्रति तोला ६ सयले सुनको मुल्यमा बृदि

छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू छ सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख चार हजार एक सय तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख तीन हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० वृद्धि भई रू एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । 


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend