असोज ३० गते २०८३ || October 16, 2026

बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने


बुधबार, जेठ १८ २०७९१२:१६

बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा  ल्याउने

काठमाडौं - बानेश्वरस्थित निजामती अस्पतालले अब छिट्टै १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउन लागेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । 

मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी दिनुभएको हो । अबको छ महिनामा निमार्ण सम्पन गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ । 

आईसीयू निमार्ण भएपछि अस्पतालले १० देखि १५ हजारमै त्यो सेवा उपलब्ध गराउने उनले बताए। अस्पताललाई एकेडेमीतर्फ लैजाने प्रयास स्वरुप क्रिटिकल नर्सिङको अध्यापन गराउने तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।  

अस्पतालको सेवा सुविधा ७ वटै प्रदेशबाट दिने सन्दर्भमा केही प्रगति हासिल भएको पनि उनले सुनाए । अस्पतालले चारबेडको आईसीयू विस्तार गरेर १२ बेडको बनाएसँगै दैनिक १० देखि १५ जना बिरामी आइसीयू नपाएर रिफर हुनुपर्ने समस्याको अन्त्य भएको डा. पौडेलेले जानकारी दिए। त्यस्तै, चीन सरकारले बनाएको १ सय १५ बेडको सर्जिकल भवन हस्तान्तरण हुने अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिए । 

अस्पताले जेठ १ गतेबाट होलबडी जाँच गर्नेहरुका लागि लक्षित गरेर बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म सेवा दिन थालेपछि दैनिक १८० जनाले सेवा लिन थालेका छन् । अस्पताललाई चार वर्षमा चार सय बेडमा संचालन गर्ने लक्ष्य रहेको डा पौडेलले जानकारी दिए । त्यसको लागि समिति गठन भइसकेको छ । अस्पतालको विकासका लागि अध्ययन गर्ने र प्रतिवेदन बुझाएपछि सोही अनुसार काम अगाडि बढाउने उनको भनाइ छ । 


  • सम्बन्धित विषय:

  • # निजामती अस्पताल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend