असोज २९ गते २०८३ || October 15, 2026

युवा गायक निर्दोष मगरको 'हामी केटा यस्तै अल्लारे' बोलको पप गित सार्वजनिक (भिडियोसहित)


पिपल अनलाइन
आइतबार, वैशाख ३ २०८००२:२५

युवा गायक निर्दोष मगरको 'हामी केटा यस्तै अल्लारे' बोलको पप गित सार्वजनिक (भिडियोसहित)

काठमाण्डौँ - युवा गायक निर्दोष मगरको हामी केटा यस्तै अल्लारे बोलको पप गित सार्वजनिक भएको छ । निर्दोष मगरको आवाजमा रहेको यस गितमा शब्द निर्दोष मगर र संगित तथा यरेन्जर बबुल गिरीको छ । बिषेशगरि युवा पुस्तामा माया प्रेमका कुरा धेरै हुने र समस्या पनि धेरै हुने भन्दै माया नलाउँदै राम्रो भनेर गितमा सुझाएको छ ।

माया प्रेममा नपरेका केटाहरु बिन्दास हुन्छन् भनेर यस गितमा देखाउन खोजिएको छ । धादिङको केवलपुरमा जन्मिएका मगरको यो पहिलो गित हो । कथा, कबिता तथा गितसँगीतमा बाल्यकालदेखि कै रुचि रहेको उनी बताउँछन् । शशक्त गजलबाचन पनि उनको कला हो । बिस्तारै उनले नयाँ गितहरु पनि बजारमा छिट्टै आउने बताए । यो गित बबुल गिरीको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # युवा गायक निर्दोष मगरको 'हामी केटा यस्तै अल्लारे' बोलको पप गित सार्वजनिक (भिडियोसहित)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend