कात्तिक २ गते २०८३ || October 18, 2026

१६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्‍चित


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००६:४५

१६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्‍चित

 काठमाडौँ - नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि।सं २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ । 

कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुनुहुँदैन भन्ने सरकारको नीति नै छ । तर पनि विभिन्न कारणले सबै बालबालिकाहरु खोपको पहुँचमा आउन सकेका छैनन् । नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तर ४ प्रतिशत बालबालिका खोप पाउन सकेका छैनन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको तथ्यांकले देखाउँछन् । कान्तिपुरबाट साभार 


  • सम्बन्धित विषय:

  • # १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्‍चित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend