कात्तिक ३ गते २०८३ || October 19, 2026

नेपालमा थप ८२ जनामा कोरोना देखियो : १ जनाको मृत्यु, सक्रिय संक्रमित कति ? 


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००५:२१

नेपालमा थप ८२ जनामा कोरोना देखियो : १ जनाको मृत्यु, सक्रिय संक्रमित कति ? 

 काठमाडौँ - देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ९४ जनाको पीसीआर र १ हजार १ सय ४० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ६५ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ८२ जनामा कोरोना देखियो : १ जनाको मृत्यु, सक्रिय संक्रमित कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend