असोज २९ गते २०८३ || October 15, 2026

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर कस्तो छ ?


पिपल अनलाइन
आइतबार, जेठ १४ २०८००४:४०

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर कस्तो छ ?

काठमाण्डौँ - दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्मको ट्रेलरमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् ।

कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडा, उनको संघीय राजधानी काठमाडौंसम्मको यात्रा ट्रेलरमा देखाइएको छ । कर्णाली क्षेत्रको कथा भन्ने फिल्ममा स्वस्तिमा त्यहींको लवजमा खुलेकी छन् । ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् ।

 

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend