असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप ४ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित घट्दै 


पिपल अनलाइन
बिहीबार , जेठ १८ २०८००५:२७

नेपालमा थप ४ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित घट्दै 

काठमाडौँ - आज देशभर जम्मा ४ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ७४० वटा नमूना परिक्षणमा जम्मा ४ जना कोभिडका संक्रमित भेटिएका हुन् भने यही समयमा ४ जना संक्रमित पनि संक्रमणमुक्त भएका छन् । 

दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन् । हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।  


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend