ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा न: ८ बिलन्दुको पहिरोमा परी बेपत्ता भएका १० वर्षीय बालकको शव फेला परको छ । यससँगै उक्त पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
गएरातिको अविरल वर्षासँगै झरेको पहिरोले एकै परिवारका ४ जनाको ज्यान लिएको हो ।
उक्त पहिरोमा परी मृत्यु हुनेहरुमा स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, उनको श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । पहिरोले ४ घर बगाएको र बाक्लो वस्ती रहेको विलन्दु गाउँका दर्जनौँ घरमा क्षति पुर्याएको छ।