कात्तिक २ गते २०८३ || October 18, 2026

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप


पिपल अनलाइन
बुधबार, असार २० २०८०१२:०५

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

काठमाडौँ - पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ ।

नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा। सुरेन्द्र चौरासियाले जानकारी दिएका छन् ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।  एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।


  • सम्बन्धित विषय:

  • # नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend