कात्तिक २ गते २०८३ || October 18, 2026

नौ जनामा कोरोना सङ्क्रमण पुष्टि


बुधबार, कात्तिक ३० २०७९१०:३६

नौ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार छ सय २० जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २४ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७५ जनामा झरेको छ । 

२४ घण्टामा ३३ हजार दुई सय छ जनाले काेराेनाविरुद्धकाे खाेप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमण


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend