कात्तिक २ गते २०८३ || October 18, 2026

बाँकेमा डेंगुका बिरामी भेटिए


मंगलबार, साउन ९ २०८००५:०४

बाँकेमा डेंगुका बिरामी भेटिए

बाँकेमा पछिल्लो समयमा आएर डेंगुका बिरामी भेटिन थालेका छन्।चिकित्सकका अनुसार केही दिनयता अस्पताल र क्लिनिकमा डेंगुका बिरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ।
भर्खरै वर्षा सुरु भएकोले अब सो रोगको प्रकोप झन तीव्र गतिमा बढ्न सक्ने आशंका रहेकोले शतर्कता अपनाउनु आवश्यक रहेको बताए । भेरी अस्पतालमा उपचारका लागि सबै व्यवस्था मिलाइएकोले कसैलाई पनि ज्वरो आउन साथ मलेरिया र डेंगु अनिवार्य परीक्षण गराउन भेरी अस्पतालले आग्रह गरेको छ।

नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखा र स्वास्थ्य कार्यालय बाँकेले डेंगु विरुद्ध सचेतना अभियान सञ्चालन गरेर सर्वसाधारणलाई सचेत र सतर्क पार्ने कार्य भइरहेको जनाएका छन्।


  • सम्बन्धित विषय:

  • # डेंगु
  • # रोग


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend