कात्तिक २ गते २०८३ || October 18, 2026

लुम्बिनी सरकारले आँखाको नानीको प्रत्यारोपण नि:शुल्क गर्ने निर्णय


बिहीबार , साउन ११ २०८०११:१०

लुम्बिनी सरकारले आँखाको नानीको प्रत्यारोपण नि:शुल्क गर्ने निर्णय

लुम्बिनी प्रदेश सरकारले प्रदेश भर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयले  चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण तथा  कर्नियाको अपरेसन निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ। 

यो कार्यक्रम लागु गर्ने लुम्बिनी पहिलो प्रदेश हो। उक्त कार्यक्रम लागु गर्नका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको छिट्टै सकिने मन्त्रालय ले जनाएको छ। 

यस कार्यक्रम अन्तर्गत सरकारले आँखा नदेख्नेलाई उपचारका लागि रकम उपलब्ध गराउने होइन। अस्पतालसँग सहकार्य गरी बिरामीको उपचार गरेबापतको रकम सोझै अस्पतालको खातामा पठाइनेछ

 विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने सरकारको विश्वास छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend