पछिल्लो समय सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु तीव्र गतिमा फैलिँदै गएको छ । जेठ तेस्रो साता यता धरानमा डेङ्गु सङ्क्रमणबाट ८ जनाले ज्यान गुमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा बढी छ ।
अहिले देशभरका अधिकांश जिल्लामा डेङ्गु फैलिरहेको छ जसबाट बिरामीको सङ्ख्या बढ्दो रुपमा छ भने सबै भन्दा बढी प्रभावित धरान उपमहानगरपालिका रहेको छ ।
धरानमा अहिले डेङ्गु आक्रमित रुपमा फैलिरहेकोे छ । दैनिक डेङ्गु संक्रमित हुनेको सङ्ख्या २ सयभन्दा बढी रहेको छ । साउन ११ सम्म धरानका तीन हजार ७ सय ३१ जनाले परीक्षण गराउँदा दुई हजार १ सय ९९ सय (अर्थात् ५९ प्रतिशत) मा पोजिटिभ रिपोर्ट आएको उपमहानगरका स्वास्थ्य महाशाखाले जनाएको छ।
दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका डेङ्गुबाट जोगाउन धरान उपमहानगरले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानलाई तीव्रता दिएको छ ।
स्थानीय सरकारले विभिन्न डेङ्गु नियन्त्रणको बारेमा अभियान, पहलहरु गरेपनि अझैसम्म डेङ्गु नियन्त्रण भने हुन सकेको छैन, यसको प्रकोप झन् बढ्न थालेको छ ।
डेङ्गु महामारीको रुपमा फैलिँदा हाल धरान उपमहानगर र विपि प्रतिस्थानको संयुक्तम डेङ्गुको उपचारको लागि कोभिड अस्पतालमा ३० बेड सञ्चालनमा ल्याएर बेग्लै उपचार हुँदैछ। डेङ्गुका बिरामी बढेपछि जिओपिडी अघि अलग्गै डेङ्गु क्लिनिक सञ्चालनमा ल्याएको विपी प्रतिष्ठानले छुट्टै डेङ्गु वार्ड पनि सञ्चालनमा ल्याएको हो ।
डेङ्गु संक्रमितका बिरामीहरु विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान मात्र नभएर विजयपुर हस्पिटल र निजी मेडिकलहरुमा पनि डेङ्गु संक्रमितका बिरामीहरुको सङ्ख्या बढ्दो छ। अहिले साना साना मेडिकलहरुले पनि डेङ्गु बिरामीहरुको उपचार गराइरहेका छन् ।
समयमै डेङ्गु नियन्त्रण नहुँदा धरानमा यसले प्रकोप रुप लिएको छ । डेङ्गुको संक्रमणले धरानमा अहिले प्रत्येक घर घरमामा बिरामीहरुछन् । बिरामीको सङ्ख्या धेरै भएर अस्पतालले पनि उचित मात्रामा बिरामीको ख्याल राख्न सकेका छैन । बिरामीको सङ्ख्या धेरै र स्वास्थ्यकर्मीको सङ्ख्या थोरै हुनाले डेङ्गुको बिमारीहरुको अस्पतालमा बिजोक भइरहेको स्थानीयवासी बताउछन्।