लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको सङ्क्रमण फैलिन नदिनका लागि बेनी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ।
बेनी नगरपालिकाभित्रको वडा कार्यालयको अगुवाइमा डेंगुको उच्च जोखिममा रहेका स्थानहरुमा डेंगु रोग सार्ने लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरू खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरिएको हो ।
स्थानीयबासीका साथै जनप्रतिनिधि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीय बासीले सहयोग गरेको छ।
डेङ्गुका बिरामी सन २०१९ मा ११ जना सन् २०२० मा ९९ जना, २०२१ मा ६८, २०२२ मा ८१ जना डेङ्गुका बिरामी भेटिएकोमा सन २०२३ को पहिलो ७ महिनाको अवधिमै ५८ जनामा डेङ्गुको सङ्क्रमण पाइएको छ।
मुसामा हुने किर्ना जस्तै परजीवीको टोकाइबाट सर्ने यो रोगका बिरामी सन २०२० मा ६१ जना देखिएका थिए । त्यसपछि सन् २०२१ मा २५ जना, २०२२ मा १९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सन २०२३ को जुलाई महिना सम्ममा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।