कात्तिक २ गते २०८३ || October 18, 2026

झापामा डेंगुको सङ्क्रमणदर अत्याधिक बढ्दो


शनिबार, भदौ १६ २०८००१:२२

झापामा डेंगुको सङ्क्रमणदर अत्याधिक  बढ्दो

झापामा केही समयता डेंगुको सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको बताइएको छ । साउन महिनायता झापामा डेंगुका कारणले चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार एक हजार ७७३ जनामा डेंगु सङ्क्रमण भएको आधिकारिक तथ्याङ्क रहेको छ । यो भदौ १५ गतेसम्म रेकर्ड भएको तथ्याङ्क भएकाले यो भन्दा बढी सङ्क्रमित भएको हुनसक्ने बताइन्छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार चार हजार १८२ जनालाई परीक्षण गर्दा एक हजार ७७३ जनामा सङ्क्रमण देखिएको हो । दमकको आम्दा अस्पताल, सरकारी दमक अस्पताल, लाइफलाइन अस्पतालमा डेंगुका बिरामीहरूको उपचार हुँदै आएको छ ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटीका अनुसार स्थानीय तहहरूले डेंगु नियन्त्रण तथा डेंगुका बिरामीहरूको जाँच तथा उपचारका लागि प्रभावकारी रूपमा काम गरिरहेका छन् ।Untitled.jpg




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend