कात्तिक २ गते २०८३ || October 18, 2026

स्वास्थ्य सेवा घर-घरमा पुर्‍याउनुपर्छः गगन थापा


बिहीबार , असोज २५ २०८००४:२९

स्वास्थ्य सेवा घर-घरमा  पुर्‍याउनुपर्छः गगन  थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा अयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  ।

महामन्त्री थापाले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए  । उनले  मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने जिकिर गरेका छन् । उनले  ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको भनाइ व्यक्तगरेका छन्  ।

‘‘बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्छ । आज हामीले डाक्टरसावको कुरा पनि सुन्यौँ । उनीहरुको  काम  वर्षभर घरघरमा स्वास्थ्उ सेवा र जनचेतना फैल्याउने हो । हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौँ ।,’’ महामन्त्री थापाले भने , ‘‘तर घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन्  । घरघरमा स्वास्थ्यको सेवा दिन घरघरमा पुग्नुपर्छ । वर्षभर बाथ रोगको जनचेतना फैल्याउनु पर्छ । बाथरोगको बारेमा हामी सुन्यौँ । ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ । त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ । समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ ।’’

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend