कात्तिक २ गते २०८३ || October 18, 2026

महावीर गोलेलाई प्राप्त भयो गुमेको दृष्टि


शुक्रबार, असोज २६ २०८००२:००

महावीर गोलेलाई प्राप्त भयो गुमेको दृष्टि

मकवानपुरको थाहा नगरपालिका –५ फुर्केका महावीर गोलेले गुमेको दृष्टि पुनः प्राप्त गरेका छन्  । तीन वर्षअघि ७२ वर्षको उमेरमा गुमेको दृष्टि गोलेले तिलगङ्गा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा शल्यक्रियापछि पुनः दृष्टि प्राप्तगरेका हुन्  ।  

राम्ररी हिड्न नसक्ने ७५ वर्षीय गोले आफ्ना दुई जना भतिजको साथमा फुर्केमा आयोजित निःशुल्क आँखा शिविरमा आँखा जाँच गर्न आउनुएको थियो । आँखा जाँचका क्रममा मोतिविन्दु देखिएपछि बिहीबार गाउँमा नै शल्यक्रिया गरिएको थियो । 

मोतिविन्दुको शल्यक्रियापछि आँखाको पट्टी शुक्रबार थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टले निकालेसँगै आँखा देख्ने भएपछि गुमेको दृष्टि पुनः फर्किएकोमा गोलेले खुशी गरेका छन्  ।  

मकवानपुरको उत्तरी क्षेत्रको फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, बज्रबाराहीलगायत स्थानमा हेटौंडा सामुदायिक आँखा अस्पतालले निःशुल्क आँखा शिवरगरी पाँचसय बिरामीको आँखा जाँच गरेकोमा ७३ जनामा मोतिविन्दु भेटिएको थियो । 

हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीको नेतृत्वमा गएको टोलीले शिविरमा शल्यक्रिया गरेका थियो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend