काठमाण्डौ -नयाँ सरकार गठनसँगै सत्तारूढ ७ दलले आन्तरिक छलफललाई अगाडि बढाएका छन् । मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटको विषयमा सत्तागठबन्धनले अध्यक्षस्तरीय संयन्त्रमार्फत् टुङ्गो लगाउने भएको छ ।
सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् । ‘पर्ख र हेरु को रणनीति लिएको जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र तय गर्ने भएको छ ।