कात्तिक २ गते २०८३ || October 18, 2026

रगत निःशुल्क हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत


शुक्रबार, कात्तिक २४ २०८००१:११

रगत निःशुल्क हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत विरामीले उपचार गराउँदा निःशुल्क पाउनु पर्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार बागबजारमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले बिरामीले आवश्यक पर्दा रगत निःशुल्क पाउनु पर्ने बताउनुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफुले गरिब र विपन्नको उपचार निःशुल्क गराउन हरेक अस्पतालमा १० प्रतिशत शय्या विपन्नका लागि निःशुल्क गराएको र देश भरिका सङ्घीय अस्पतालको जनरल बेड निःशुल्क गराएको दाबी गर्नुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले रक्तदाताहरुलाई प्रसंशा पत्र वितरण गर्नुभएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend