कात्तिक १ गते २०८३ || October 17, 2026

स्वास्थ्य शिविरमा २५६ जनाको आँखा परीक्षण


आइतबार, मंसिर १० २०८००२:२९

स्वास्थ्य शिविरमा २५६ जनाको आँखा परीक्षण

दोलखाको तामाकोशी गाउँपालिका –३ छौडेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पछिल्लो समय आँखासम्बन्धी विभिन्न समस्या र रोग देखा पर्न थालेपछि यसको न्यूनीकरणका लागि गाउँपालिकाको आयोजनामा गाउँमा  निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

गुड भिजन इन्टरनेशनलको हेड एन्टजे क्रिस्टको टिम, तिलगंगा आँखा प्रतिष्ठान, दोलखा लायन्स आँखा केन्द्रको सहयोग र तामाकोशी गाउँपालिका अन्तर्गत आँखा शिविर आयोजना गरिएको हो। 

शिविरमा २ सय ५६ जनाले आँखा परीक्षण गर्नुका साथै ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको हो।  आर्थिक रूपमा विपन्न र दूरदराजका नागरिकले सहजै आँखा परीक्षण र उपचार पाएका छन् । शिविरबाट आँखाका बिरामी लाभान्वित भएको पालिकाले जनाएको छ । शिविरमा आँखा परीक्षण पश्चात् २३ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको गाउँपालिकाले जनाएको छ । 

गाउँमा आँखाको स्वास्थ्यजाँच गराउन तामाकोसीबाट सदरमुकाम चरीकोट तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता रहेकोमा गाउँमै शिवीर गरिएको र यसबाट आँखाका बिरामीलाई प्रत्यक्ष लाभ पुगेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend