कात्तिक १ गते २०८३ || October 17, 2026

२० दलको आवेदन निर्वाचन आयोगमा


बिहीबार , चैत १ २०८००८:१६

२० दलको आवेदन निर्वाचन आयोगमा

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १९ दलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरी दुवैमा प्रतिस्पर्धा गर्ने गरी दल दर्ता गर्न निवेदन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ । 

कोशी प्रदेशको इलाम क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य र सुदूरपश्चिमको बझाङ १ (१) मा प्रदेश सभा सदस्य पद रिक्त छन् । इलाम–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै पद रिक्त हुन पुगेको हो । दुवै पदका लागि २०८१ वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend