अभिनेता शाहरुखखान यतिबेला सुजोय घोषको एक्सनफिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहानाखान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् ।
फिल्मलाई शाहरुखले आफ्नो व्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन् । हालप्रि–प्रोडक्सनचरणमा रहेको फिल्ममाशाहरुखले दुईसय करोड लगानीगर्दैछन् ।
फिल्मकालागि शाहरुखको टिम एक वर्षयता गृहकार्य गरिरहेको छ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठूलो स्केलमा बनाउनकालागि कुनै कसर बाँकी राखेका छैनन् । फिल्मसँग जोडिएका निर्मातातथानिर्देशक सिद्धार्थ आनन्द केहीअन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् ।
सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सनथ्रिलर बनाउने तयारीमा छन् । त्यहीकारण उनीहरु अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मकालागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरु भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन् ।
फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा सुरु हुँदैछ । निर्माताहरु यसै वर्षको ६ महिना सुटिङ गरेर आगामीवर्षको ६ महिनामायसलाई दर्शक माझ ल्याउने योजनामा छन् ।
सुहानाले गतवर्ष नेटफ्लिक्समा रिलिजफिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकीथिइन् । फिल्ममाउनले वेरोनिकाको भूमिका निभाएकी थिइन् ।