असोज २९ गते २०८३ || October 15, 2026

नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमा


शुक्रबार, साउन ४ २०८१०१:०५

नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमा

काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । 

सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थानीयवासीले शुक्रबार बिहान नयाँ सडक क्षेत्रमा विरोध जनाएका छन् । अदालतको आदेशलाई समेत बेवास्ता गर्दै स्थानीयवासीले विरोध जनाएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता अघि बढाएको थियो । महानगरले भने अदालतको आदेश दिएकाले सडकको दुवैतर्फ ३ फिटको दरले पेटी विस्तार गर्ने कार्य अघि बढाएको जनाएको छ । 

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको जानाकारी दिएका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend