कात्तिक १ गते २०८३ || October 17, 2026

 मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०३:३३

 मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाण्डौ - गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् ।

लामिछानेको निर्देशनअनुसार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन  दिइएको उल्लेख छ । 


  • सम्बन्धित विषय:

  • # मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend